बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका ८०९ सहित देशभर १४ सय ७४ मा संक्रमण पुष्टि, २९को मृत्यु

 काठमाडौं मंसिर १५,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ९ सय ११ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार ४ सय ७४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

आज पहिचान भएका संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको अवस्था रहेको छ ।

त्यसैगरी थप १९ सय ३१ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै संक्रमिण मुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ भने संक्रमणबाट थप २९ जनाको निधन भएसंगै नेपालमा मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा आज थप ८०९ जनामा संक्रमण पुष्टि भएको छ। यसमध्ये काठमाडौमा ६१५, ललितपुरमा १२५ र भक्तपुरका ६९ जना गरी ८०९ जना रहेको मन्त्रालयले जनाएको छ।