शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ पत्रकार महासंघको १९ बुँदे धादिङ घोषणापत्र

काठमाडौं मंसिर १३,
नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको धादिङको बैरेनीमा  मंसिर १२ र १३ गते बसेको बैठकले १९ बुँदे धादिङ घोषणापत्रजारी गरेको छ ।जारी घोषणा पत्रमा महासंघ शाखा तथा प्रदेश समितिहरुको अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि महासंघ पदाधिकारीहरुको नेतृत्वमा १० वटा प्रदेशमा परिचालन हुने गरी कार्यदल गठन गर्ने निर्णय संगै श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि महासंघले सञ्चालन गरेको आन्दोलनलाई थप शसक्त बनाउँदै संवाद, दबाब (आन्दोलन) र कानूनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

त्यस्तै महासंघले श्रम समस्या देखिएका तीन वटा सञ्चारगृहहरुमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब आगामी १० दिनपछि दोस्रो चरणको आन्दोलन अन्र्तगत सम्बद्ध संचार गृहका संचालकको निवासमा धर्ना दिन महासंघ बाध्य हुने चेतावनी समेत दिर्ईएको छ ।

१९ बुँदे धादिङ घोषणापत्र :

त्यस्तैकोभिड १९ संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निशुल्क उपचारको व्यवस्था गर्न, कोभिडको सचेतना जगाउन सञ्चारकर्मीहरुलाई नै केन्द्रित गरी निशुल्क चिकित्सक परामर्श सेवाको व्यवस्था गर्ने निर्णय गरेको छ ।  साथै पत्रकार दुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न गराउने समानुपातिक विज्ञापन प्रणाली हालसम्म लागु हुन नसकेको अवस्था प्रति गम्भीर ध्यानाकर्षण सहित लोककल्याणकारी विज्ञापन वापतको रकम दोब्बर वृद्धि गर्न पनि महासंघ माग गर्ने लगायतका निर्णय हरु रहेका छन ।