मङ्लबार, बैशाख ४, २०८१

एफ एन सि सि आइ नयाँ नेतृत्वको लागि निर्वाचन सम्पन, राती अवेरसम्ममा परिणाम आउने

 काठमाडौं मंसिर १३,
गत मंसिर ११ देखि शुरु भएको देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभाअन्तर्गत आज नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भइ मतगणना समेत शुरु भएको बताईएकोछ।

महासङ्घको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्नुहुनेछ । यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह निर्वाचन मैदानमा रहेका छन ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान गर्नु नपर्ने व्यवस्था रहेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि भएको मतदानमा शतप्रतिशत नै मत खसेको जनाउदै निर्वाचन समितिले आजै अबेरसम्म मत परिणाम आउन सक्ने संभावना औल्याएको छ ।

महासङ्घमा वस्तुगततर्फ १०१, जिल्लारनगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका छन् । महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदानको व्यवस्था मिलाईएको थियो

त्यस्तै महासङ्घको नयाँ नेतृत्व अन्र्तगत १ वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योतिले उम्मेदवारी दिएका छन ।