शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँको न्यूनतम तापमान ४.५ डिग्री सेल्सियस , आज यस वर्षकै  बढी चिसो महसुस

काठमाडौ मंसिर १३,
जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंमा मौसम मापनको क्रममा यस वर्षकै सव भन्दा चिसो महसुस हुने गरि न्यूनतम तापमान मापन भएको जनाएको छ ।

विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण मौसमा देखिएको उतारचढावकावीच पनि शुक्रवार ८.५ डिग्री सेल्सियस मापन भएको न्यूनतम तापमान ४.५ डिग्री सेल्सियस कायम भएका कारण आज अत्याधिक चिसो महसुस भएको जनाएको छ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाको पछिल्लो रेकर्ड गरिएको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४।५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ । साथै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २।५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शुन्य डिग्री सेल्सियस रहेको जनाएको छ ।