शनिबार, बैशाख ८, २०८१

आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बहुचर्चित सचिवालय बैठक बस्दै

काठमाडौं मंसिर १३,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको को सचिवालय बैठक बालुवाटारमा जारी छ । दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बस्दै छ । सत्तारुढदल भित्र मौलाएको पछिल्लो विावदले पार्टी अध्यक्षद्दयवीच आरोप प्रत्यारोप मात्र नभइ विभाजनको रेखा समेत कोरिएको आकंल हँदै गर्दा नेकपाको आजको बैठकममा के हुने हो भन्ने जिज्ञासा सर्वत्र देखिएको कारण बैठक आफैमा बहुचर्चित भएका छन ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी गत कात्तिक २८ गते बसेको बैडकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनितीक प्रस्तावको प्रति उत्तर सहितको काउण्टर राजनितीक प्रस्ताव गर्ने कार्य सूची रहेको बुझिएको छ ।

स्मरण रहोस प्रचण्डले पेस गरेको १९ पृष्ठको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफमा दिने भन्दै दश दिनको समय मागेका थिए । नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।