शनिबार, बैशाख ८, २०८१

त्रिशूलीमा जीप दर्घटना : चालक सहित २ को मृत्यु, ३ जना नदीमा बेपत्ता

[फाइल फोटो]

काठमाडौ मंसिर ११,
प्यूठानबाट काठमाडौं आउँदै गरेको लु एक च ९७३१ नम्बरको जीप आज बिहान त्रिशूलीमा खस्दा चालक सहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार ४ मध्ये एक जना घाइते भएका छन् भने अन्य ३ जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको त्यस्तै बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेको जनाएको छ।

मृत्यु हुनेमा जीप चालक सुर्य केसी र यात्रु जमुना रोका रहेको जनाउदै प्रहरीले चालकको ठेगाना खुल्न नसेकेको जनाउदै वेपत्ता भएका यात्रुको खोजीकार्य जारी रहेको जनाएको छ ।