शनिबार, बैशाख ८, २०८१

आज भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं मंसिर ११,
देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४ सय ५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।

गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा दसैका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागले जाएको छ । त्यस्तै मुलुकका ७ सय ५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।

सरकारले विसं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि [अल्वेण्डाजोल] र बालभिटा खुवाइन्छ । करिब ५२ हजार स्वयंसेविका कार्यक्रममा संलग्नरहेका छन् ।