शुक्रबार, चैत्र १६, २०८०

औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक ढकाललाइ मन्त्रालय तानियो

काठमाडौ मंसिर ११,
राष्ट्रिय औषधि प्रयोगशालाका प्रमुख नारायणप्रसाद ढकाललाइ मन्त्रीस्तरीय निर्णय सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन् ।
यसअधि औषधि व्यवस्था विभागका महानिर्देशक रहेका ढकाललाइ कृहि समय अघि राष्ट्रिय औषधि प्रयोगशालाका प्रमुखको जिम्मेवारी दिएको थियो । तर पदिय मर्यादाक्रम नमिलेका कारण ढकाल प्रयोगशालमा हाजिर भएका थिएन ।

अन्तत आज स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई ३ महिने कामकाजका लागि मन्त्रालय तानेको हो । मन्त्रालय सम्वद्ध स्रोतका अनुसार ढकाललाइ तत्काल आईसीएस कमाण्ड अन्तरगर्त रही कोभिड नियन्त्रणमै क्रियाशिल हुन कार्यादेश दिईएको बुझिएको छ ।