बिहिबार, चैत्र १५, २०८०

आज हरिबोधिनी एकादशी : भगवान विष्णुको प्रतीक तुलसीको विशेष पूजाअर्चना गरि मनाइदै

काठमाडौं मंसिर १०,
आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेषअर्चना पूजा गरी हरिबोधिनी एकादशी मनाइदै छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिएको शास्त्रमा उल्लेख गरिएको छ ।

साथै यसवर्ष मङ्सिर १० गते बुधबारका दिन एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेका कारण विहिवार पनि माउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।हरिबोधनी एकादशीका पदन करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।

यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । त्यस्तै हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारीएको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर फूल मालाले सजाएर तुलसीको पीपलसँग विवाह गरिदिने परम्परा समेत रहिआएको छ।

त्यस्तै  आजको दिन विगतका वर्षहरुमा विशेष गरि उपत्यकाका चार नारायण, बूढानीलकण्ठका साथै देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्दथ्यो तर यसवर्ष कोभिड संक्रमणको जोपखमका कारण बूढानीलकण्ठ मन्दिरमा नित्य पूजा वाहेक भक्तजनको दर्शनका लागि खुला गरिएको छैन ।  तर दक्षिणकाली नगरपालिका–५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा बुधबार र बिहीबार दुवै दिन मेला लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।