शुक्रबार, बैशाख १४, २०८१

आगजनी तथा ढुंगामुढा नियन्त्रणको क्रममा २ जना स्थानीय र १५ प्रहरी घाइते ,वालिकाका हत्यारा साह पक्राउ

महोत्तरी मंसिर ९,
बर्दिबास नगरपालिका -१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको आइतबार हत्या भएको विषयलाई लिएर स्थानीयवासीले गरेको आगजनी तथा ढुंगामुढा नियन्त्रणको क्रममा २ जना स्थानीय र प्रहरी नायव उपरीक्षक सहित १५ जना प्रहरी घाइते भएका छन् ।
प्रहरीका अनुसार उत्तेजित भीडले घरमा आगजनी गरेको, प्रहरी बिट जलाउने प्रयास गरेको, लामो समयसम्म राजमार्ग अवरोध गर्नुको साथै सवारी साधन तोडफोड गरेकोले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा महोत्तरी बर्दिबास नगरपालिका९१ बस्ने ४५ वर्षीय संजय भन्ने बुद्धि राज न्यौपाने र २६ वर्षीय श्याम कार्कीलाई थप उपचारको लागि कैलाश एयरको हेलिकोप्टरद्वारा ग्राण्डी अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्ते भीडले ढुङ्गामुढा सहित आगजनी गर्दा २ वटा दमकल क्षतिग्रस्त हुनको अलावा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको बा।२ झ २५७९ नम्बरको गाडीको झ्यालको सिसा समेत फुटेर क्षति भएको जनाएको छ ।  तथापी स्थितिलाई नियन्त्रणमा लिइएको जाउदै बालिकाको हत्या गरेको अभियोगमा बर्दिबास नगरपालिका९१४ सुगम बस्तीमा पसल गरी बस्ने गौशाला नगरपालिका९५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ

त्यस्तै पक्राउ परेका साहले उनको पसलमा सामान किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगि तौलियाले घाँटी थिच्दा मृत्यु भएपछि शव आफू सुत्ने कोठामा लगि राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको खुल्न आएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।