शनिबार, बैशाख ८, २०८१

उपत्यका मेयर फोरमको कडा निषेधाज्ञाको प्रस्तावमा सीसीएमसीको बैठक मौन

[ फाइल फोटो ]

कोभिड जोखिमका कारण रोकेको अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय

काठमाडौं मंसिर ९,
कोभिड- १९ संकट व्यवस्थापन केन्द्र [सीसीएमसी] निर्देशक समितिको मंगलवार बसेको बैठकले कोभिड जोखिमका कारण रोकेको अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय गरेको छ ।  त्यस्तै बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

त्यस्तै बैठकले विभिन्न सरकारी कार्यालयहरुमा एकाध व्यक्तिममा कोभिड संक्रमण र दुई जनामा संक्रमण देखिनेवित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि निर्देशन दिएको छ ।

साथै पछिल्ले समय काठमाडौं उपत्यकामा बढ्दो संक्रमणको जोखिम संगै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरे पनि सीसीएमसीले तत्काल निषेधाज्ञा वा कुनै पनि सेवा स्थगन गर्ने विषयमा  भने त्यस्तो कुनै निर्णय गरेको छैन । त्यस्तै उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पर्किङ समस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय गरेको बताईएकोछ ।