शुक्रबार, चैत्र १६, २०८०

फिष्टेल कम्पनीको प्याराग्लाईडिङ दुर्घटनामा पाईलट नेपालीको मृत्यु, यात्रु गम्भीर घाइते

[फाइल फोटो ]

काठमाडौं मंसिर ८,
पोखरा महानगरपालिका९१८ क्याम्प चोकस्थित फिष्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा सोमबार दिउँसो दुर्घटना हुँदा प्याराग्लाईडिङका पाईलट ३८ वर्षिय राजु गैरे नेपालीको मृत्यु भएको छ । प्रहरीले पाइलट नेपालीको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको जनाएको छ ।

त्यस्तै दुर्घटनामा घाइने यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका २की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छन् । घाइते श्रेष्ठको सोही अस्पतालमा उपचार भईरहेको र थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ प्रहरीले जनाएकोछ । साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।