शनिबार, बैशाख ८, २०८१

उपत्यकाका १ हजार ७ सहित १९८०मा कोभिड संक्रमण , थप १६ को मृत्यु

काठमाडौं मंसिर ८
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३ सय ८१ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार ९ सय ८० जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ भो देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप ३ हजार ४३ जना संक्रमित संक्रमण मुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १६ जना संक्रमितको मृत्यु भएको छ । यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ भने गम्भीर प्रकृतिका संक्रमितमध्ये ३सय६५ जना आइसीयूमा र ६३जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैवीच काठमाडौं उपत्यकामा थप १ हजार ७ जना संक्रमित पहिचान भएको र यसमध्ये काठमाडौमा ७७९ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा १४३ जना रहेको मन्त्रालयले जनाएको छ ।