शनिबार, मंसिर २०, २०७७

मास्क नलगाउनेलाई दुई हजारको नसिहत

काठमाडौं मंसिर ५/ समाचार एजेन्सी

भारतको दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना गराइने भएको छ । मास्क नलगाई बाहिर हिँड्नेलाई २ हजार रुपैयाँ जरिवाना कार्ययोजना ल्याईएको दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवाललाइ उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएको छ । कोभिड संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै यसअघि मास्क नलगाइ हिड्ने व्यक्तिलाइ पाँच सय रुपैयाँ मात्रै जरिवाना तोके पनिमास्क लगाउन आनाकानी गर्दै मास्क लगाउन छोडेसंगै जरिवाना शुल्क बढाइएको हो ।

दिल्लीमा अहिले कोभिड १९ महामारीको दोस्रो लहर फैलिँदै गएको छ । यसैगरी भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यू लगाइने भएको छ । समाचार संस्था पिटिआईका अनुसार अहमदाबादमा कोरोना संक्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कफ्र्यू लगाउने निर्णय गरेको हो । राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको हो ।

कर्फ्यू कहिलेसम्म जारी रहन्छ भन्ने खुलाइएको छैन । गुजरातमा अहिलेसम्म ३८३० मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031