शुक्रबार, चैत्र १६, २०८०

कोभिड सङ्क्रमणबाट जोगिदै  सावधानीका छठ पर्व मनाउन राष्ट्रपतिको आव्हान

काठमाडौ मंसिर ५
नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मात्र नभइ पछिल्लो समय  उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइने छठ पर्व ०७७ को अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गर्दै छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वाुस पनि समेत व्यक्त गर्नुभएको छ ।