शनिबार, बैशाख ८, २०८१

आज छठ पर्वको मुख्यपूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदै

[फाइल फोटो]

राष्ट्रपतिबाट कमल पोखरी गुहेश्वरीमा हुने छठ पूजा यस वर्ष कोभिड संक्रमणका कारण स्थगित

काठमाडौं मंसिर ५,

आज छठ पर्वको मुख्यपूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदै छ ।  आजको दिन मुलत पानीसमेत नपिई निराहार बस्दै साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठमातालाइ वर्तालुहरुले नियमनिष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरालगायतका सामग्री सूर्यदेवलाई दर्शन गराई अर्घको रुपमा अर्पण गर्ने नियम रहेको छ ।

त्यस्तै प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा बेहुली झै सिंगारिएकॊ घाटमा रातभर भजन किर्तन र नाचगान समेत गर्ने प्रचलन रहिआएको छ ।

 यसअघि विहिवार ब्रतालुहरुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने प्रचलन रहिआएको छ ।त्यस्तै भोली प्रातकालमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै विधिवतरुपमा यो पर्व सम्पन्न गरिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । त्यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख रहेको छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ ।

यसअघिका वर्षमा राजधानीको टङकेश्वर, गुहेश्वरी, गहनापोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपुरको हनुमानघाट लगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको साँझ भिड लाग्ने गर्थो भने यस वर्ष उल्लेखित सवै नदी तथा जलाशयमा कोभिड संक्रमणको जोखिमका कारण २५ जना भन्दा बढिको भिड भाड नगर्न प्रशासनले आदेश जारी गरेका कारण प्राय सवै जलाशय सुनसान देखिनुको अलावा छठपूजा घर घरमा सिमित भएका छन ।

यसैवीच कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी गुह्येश्वरी र कमलपोखरी पुगेर राष्ट्रपतिले समेत छठ पूजा गर्ने गरेकोमा यस वर्ष कोभिड संक्रमणका कारण स्थगित गरिएको छ ।