बिहिबार, चैत्र १५, २०८०

प्रहरीमा थप एक प्रहरी अतिरिक्त महानिरीक्षक र ५ प्रहरी नायब महानिरीक्षकको दरबन्दी थपियो

  • डिआइजीको नेतृत्व रहदै आएको महानगरीय प्रहरी कार्यालयमा अव एआइजीको कमाण्डमा

  • यसअघि प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्ड रहेको प्रहरी कार्यालयमा अव डिआइजीको नेतृत्व  हुने

काठमाडौं मंसिर ४,

बुधवार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रहरीमा थप एक प्रहरी अतिरिक्त महानिरीक्षक र ५ प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप भएको छ । सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल प्रहरीमा थप भएको दरबन्दीसँगै डिआइजीको नेतृत्व रहदै आएको महानगरीय प्रहरी कार्यालयमा अव एआइजीको कमाण्ड रहने भएको छ । त्यस्तै यसअघि प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्ड रहेको क्रमस नेपाल प्रहरीको साइबर ब्युरो, अपराध अनुसन्धान निर्देशनालय, कार्य निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालय र प्रदेश समन्वय निर्देशनालयको कमाण्ड डिआइजीको नेतृत्वमा सञ्चालन हुने भएको छ । यसको लागि थपिएको १ एआइजी र आठ डिआइजीको बढुवा प्रक्रिया  शुरु हुने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।