बिहिबार, चैत्र १५, २०८०

पत्रकार मोक्तानलाइ पितृ शोक

काठमाडौं मंसिर ४,
पत्रकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ ।  नेपाल पत्रकार महासंघका प्रदेश पार्षद समेत रहेका पत्रकार मोक्तानका ६३ वर्षिया पिताजी माइला लामाको आज विहान उपचारको क्रममा निधन भएको हो ।

मृगौला रोगबाट पिडित लामाको शुक्रवार अन्तिम संस्कार गरिने बताईएको छ । यसैवीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले पत्रकार मोक्तानको पिताजीको निधन प्रति शोक व्यक्त गरेको  छ ।

साथै  शोक विज्ञप्तिमा मृत आत्माको चिरशान्तिको कामना सहित  भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त पत्रकार मोक्तान लगायत सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरेको छ । मृतक लामाको श्रीमती , एक छोरा र एक छोरी रहेका छन ।