शुक्रबार, चैत्र १६, २०८०

२७३ इलेक्टोरल मत सहित अमेरिकाको ४६ औं राष्ट्रपतिमा वाइडेन निर्वाचित

अदालती निर्णय पछिमात्र निर्वाचन परिणामको निक्र्यौल हुने राष्ट्रपति ट्रम्पको भनाइ

समाचार एजेन्सी /कार्तिक २३,

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो वाइडेन निर्वाचित हुनुभएको छ भने कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुुहुन्छ । नवनिर्वाचित राष्ट्रपति वाइडेनले आगामी जनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ ।

सवैराज्यको सम्पन्न मत परिणम अनुसार वाइडेनले २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी हुनुभएको हो । राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २७३ मत पाएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिस्प्रर्धी राष्ट्रपति ट्रम्पले भने २१४ इलेक्टोरल मत प्राप्त गर्नुभएको थियो ।

यसैवीच समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्पले प्राप्त निर्वाचन परिणम आफुलाइ स्वीकार्य नभएको बताएका छन । त्यस्तै उहाँले अदालती निर्णय पछिमात्र निर्वाचन परिणामको निक्र्यौल हुने बताउदै उहाँले यस्तो प्रतिक्रिया दिएको हो । साथै निर्वाचनको परिणम भन्दै सञ्चारमाध्यममा आएको आकंडा सञ्चारमाध्यमको प्रक्षेपण भएको भन्दै त्यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण नगरेको पनि दावी समेत गरेको छ ।