बिहिबार, बैशाख ६, २०८१

शिर्ष नेतृत्ववीच आरोप प्रत्यारोप सहित नेकपाको राजनिति अझै अनिर्णयको बन्धनमा

काठमाडौं कार्तिक २८,

सत्तारुढ दल नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठक आगामी मङ्सिर ३ गते बस्ने गरि सकिएको छ । प्राप्त जाकारी अनुसार प्रधानमन्त्री केपी ओली अर्का अध्यक्ष प्रचण्डवीच बहुमत र अल्पमतको रस्साकस्सी सहित पछिल्लो समय चुलिएको विवादका कारण नेकपाको राजनिति अनिर्णयको बन्धक बन्दै आएको छ ।

त्यस्तै नेकपाको आजको सचिवालय  बैठक पुर्व प्रधानमन्त्री ओलीले अर्का अध्क्ष प्रचण्डले गत शनिवार सहमतिमा बैठक वोलाउन बहुमत सचिवायको आग्रह सहित बुझाएको लिखित निवेदनको प्रतिउत्तर दिदै प्रचण्डलाइ पार्टीमा गुटगत राजनितीलाइ प्रशय दिएको आरोप सहितको पत्र दिएपछि नेकपाको विवाद थप सतहमा आएपनि नेताहरुले विवादको विषयमा खुलस्त वोल्न चाहेका छैन ।

सम्वद्ध स्रोतका अनुसार प्रम ओली खेमा अध्यक्ष प्रचण्डको मानमर्दन गर्दै पराजित मानसिकतामा पुगेको देख्न चाहन्छन भने प्रचण्ड खेमा भने जसरी हुन्छ प्रम ओलीलाइ गलाउँदै ओलीको हैकमवादलाइ निस्तेज बनाउने परिपञ्चमा लागेको बताएका ।

यद्यपी विवाद र मनमुटावकावीच आज बसेको सचिवालय बैठकले आगामी मङ्सिर ३ गते दिउँसो १ बजे अर्को बैठक बस्दै  मन्त्रिपरिषदमा हेरफेर, कर्णाली प्रदेशको अन्तरविरोध, राजदूत नियुक्ति, ‘रअ’ का प्रमुखसँगको छलफल लगायतका यावत विषयमा एकमुष्ट निकास खोज्ने योजना तय गरेको बताईएकोछ ।