बिहिबार, बैशाख १३, २०८१

शिर्ष नेतृत्वको बैठक लम्बिएसंगै काँग्रेस केन्द्रीय समितिको बैठक ३ दिनपछि सर्यो

काठमाडौं कार्तिक २१, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ ।

पार्टी शिर्ष नेतृत्वको बैठक सुचारु रहेको बैठकमा पार्टीको पदाधिकारीले वोल्ने क्रम समेत जारी रहेका कारण बैठक लम्बिएको जनाउदै शिर्ष नेतृत्वको बैठकबाट आउने नितिगत निर्णय सहित आजको निर्धारण गरिएको बैठक आगामी २४ गतेका लागि सारिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ

त्यस्तै पार्टी मुख्यालयले पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शिर्ष नेतृत्वको बैठक आज पनि जारी रहने जनाएकोछ ।