बिहिबार, बैशाख १३, २०८१

शनिवार अध्यक्ष प्रचण्ड सहित ५ जना सचिवालय सदस्य बालुवाटार जाने

प्रचण्डले सचिवालय बैठक नभइ गुटको बैठक राखेको वालुवाटारको जिकिर, अध्यक्ष प्रचण्डसंग नेम्वाङ्को भेटवार्ता

काठमाडौं कार्तिक २१,
नेकपाका अध्यक्ष प्रचण्डले आज सचिवालय सदस्य समेत रहेका नेताहरुसंग छलफल गरेको छ । बैठकमा अध्यक्ष ‘प्रचण्ड वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिती रहेको थियो । प्रम ओली  सहित बाँकी सचिवालय सदस्य क्रमस ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेललाइ बैठकको जानकारी गराइए पनि
उहाँहरु बैठकमा अनुपस्थित रहेको बुझिएको छ ।

बैठकपछि पार्टी प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठकको अनौपचारिक निर्णय अनुरुप तत्काल सचिवालय बैठक डाक्नका लागि पाँचै जना सचिवालय सदस्यहरुले शनिवार बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाइ ध्यानाकर्षण गराउने तयारी गरेको बुझिएको छ । यसैवीच आज पार्टी मुख्यालय धुम्वाराहीमा सचिवालय बैठकभन्दै बसेको बैठकलाइ वालुवाटारले भने सचिवालयको बैठक होइन गुटको भेला भएको बताएका छन ।

यसैवीच आजै स्थायी कमिटी सदस्य तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ले अध्यक्ष प्रचण्डसंग भेटवार्ता गर्दै पार्टीमा मौलाएको समस्यालाइ संवादको माध्यमबाट निकास दिदै पार्टी एकतालाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।  त्यस्तै नेता नेम्वाङ्ले दुई अध्यक्षबीच गम्भीर वार्ता गरी विद्यमान सवै समस्या समाधान गरि अगाडी बढ्नुको  विकल्प नभएको जिकिर   समेत गर्दै शनिवारनै अध्यक्षद्दयवीच  गम्भीर वार्ता हुने विस्वास सहित प्रचण्ड निवासबाट वाहिरिनुभएको बुझिएको छ ।