बुधबार, बैशाख १२, २०८१

राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं कार्तिक २०,

राष्ट्रपति श्रीमनरवणेलाई राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक कार्यक्रमकावीच नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुरुप भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी हुन् ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पश्‍चात राष्ट्रपति भण्डारीसंग स्थल सेनाध्यक्ष एम एम नरवणेले शिष्‍टाचार भेट गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।