शुक्रबार, बैशाख ७, २०८१

यसरी मनाइन्छ, धर्मस्थलीमा गौतम बुद्धको खटारोहण जात्रा

काठमाडौं कार्तिक १६,

विजयादशमीको कोजाग्रत पूर्णिमाको भोलिपल्ट बालाजु वाइसधाराबाट करिब ५ किमी पूर्वोत्तरमा तत्कालीन राजा मानदेवका पुर्खा धर्मदेवको राज्यकालमा स्थापित डाँडैडाँडाले घेरीएको ऐतिहासिक बस्ती धर्मस्थलीमा दुई दिन मनाइने धमाथु बौद्ध चैत्य जात्राको आफैमा अलौकिक विशेषता रहेको पाइन्छ ।

त्यसोत यस जात्राको विषयमा खासै प्रचार नभए पनि जात्राको सवालमा प्राप्त जानकारी अनुरुप स्थानीय क्षेत्रमा मनाइने जुनसुकै जात्रा–पर्वमा पनि नायखीँ अर्थात खड्गी बाजा बजाएर भक्तालुलाई निम्तो दिने र ज्यापु समाजद्वारा बजाइने धिमेबाजा जात्रास्थल पुगेपछि मात्र खट उठाउँदै जात्राको शुभारम्भ गर्ने परम्परा रहिआएको पाइन्छ । यहि जातिय सहिष्णुताको प्युजन सहित परम्पराको निरन्तरता अनुरुप यसमध्ये कुनै समूहको अनुपस्थितमा त्यस क्षेत्रमा कुनै जात्रा पर्व सञ्चालन नहुने भन्ने बुझाइ रहेको पाइन्छ ।

त्यस्तै स्थानीय उत्तम शाहीको अनुसार जात्राको विषयमा किरात कालको अन्त्य र लिच्छवी कालको शुभारम्भसंगै मनाउन थालिएको जात्रा भन्ने गरिएको बताईएपनि जात्राको वारेमा एकिन तथ्य प्रमाण नभएको बताए । त्यस्तै शाहीले विभिन्न शक्तिपिठको मात्र खटजात्रा हुने  गरेको परिपेक्ष्यमा शान्तिको अग्रदुत तथा राष्ट्रिय विभुति गौतम बुद्धको मुर्तिलाइ खटारोहण गराइने जात्रा भएका कारण जात्रा आफैमा वेग्लै प्रकृतिको रहेको बताए ।

साथै शाहीले जात्रा मनाइनु एक महिना पूर्व स्वयम्भु स्थित गौतम बुद्धको आमाको वास्थान भएको बताउदै गौतमबुद्धले आमाको हाल खवर बुझ्न स्थानीय बाँदरलाइ पठाउने र बाँदरले एक महिनासम्म स्थानीय क्षेत्रको रेकी गर्दै त्यसको जानकारी गौतमबुद्धलाइ गराएसंगै गौतमबुद्ध आउँदाको बखत मनाइने जात्रा भन्ने लगायतका अनेकन किवदन्ती रहेको बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031