शनिबार, बैशाख ८, २०८१

यमदीपदान सहित आजबाट यमपञ्चक शुरु, काग पूजा धन्वन्तरिजयन्ती र धनतेरस पर्व शुक्रवार मनाइदै

काठमाडौ कार्तिक २७,
आजबाट  नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएकोछ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुँने यो पर्वको अवसरमा आज बेलुकी यमदीपदान गर्दै माइन५ । तिथी घटबढका कारण आज यमदीपदान गरिएपनि काग तिहार र धन्वन्तरिजयन्ती र धनतेरस पर्व भने शुक्रवार मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

धार्मिक मान्यता अनुसार आजको दिन यमदीप दान गरे यमयातनाबाट मृत्युपछि मुक्ति पाइने धार्मिक अध्यताको अभिमत रहेको बताएका छन ।  त्यस्तै समितिले  कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा र गाई, गोरु र आत्म ९म्ह० पूजा कात्तिक ३० गते आइतबार विहान ११ः२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने जाउदै  मङ्सिर १ गते सोमबार बिहान ११ः३७ बजेको उत्तम साइतमा भाइटीका गर्नु पर्ने जनाएको छ

मङ्सिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाइने प्रचलन अनुसार यसवर्ष मंसिर १ बाट नेपाल संवत् ११४१ शुरु हुने भएको  छ । यद्यपी नेवार समुदायका केही संस्थाले मङ्सिर २ गते किजा मनाउने निर्णय गरेका छन् ।