शनिबार, बैशाख ८, २०८१

मोवाइल पार्टस पसलमा सिआइबीको छापा,१ करोड रुपैया सहित अवैध हुन्डी कारोवारित्रय पक्राउ

काठमाडौ कार्तिक १८,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले महानगर महानगरपालिका वडा न २३ ओमवाहालबाट एक करोड हुन्डी रकम सहित तीन जना पक्राउ परेका छन् । प्राप्त जानकारी अनुसार सिआइबी टोलीले झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको र यसमध्ये हो । विकास र कमल दाजुभाइ भएको जनाएको छ ।

त्यस्तै ओमबहालमा सञ्चालित मोबाइलका पार्ट्सको पसलको आवरणमा लामो समय यतादेखि राज्यले अवैध भनेको हुन्डी कारोवार गर्दै आएको बुझिएकोछ । साथै प्रहरीले निजहरुलाइ पक्राउ गर्दा पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ र ८ सय अमेरिकी डलर समेत बरामद गरिएको बुझिएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको  ब्यूरोले जनाएको  छ ।