बुधबार, बैशाख १२, २०८१

महासचिव विष्टलाई कोभिड संक्रमण

काठमाडौं कार्तिक २२ ,
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोभिड संक्रमण पुष्टि भएको छ । महासचिव विष्टले आफुलाइ संक्रमणभएसंगै सामाजिक सञ्जालमार्फत संक्रमणकोे जानकारी सार्वजनिक गर्नुभएकोहो ।

त्यस्तै महासचिव विष्टले आफुलाई संक्रमण पुष्टि भएकाले आफुँग सम्पर्कमा रहेका सबैलाई सचेतता अपनाउन र कोभिड परीक्षण गर्न आग्रह गर्दै आफु होम आइसोेलेसनमा बसेको जानकारी गराउनुभएको हो ।

बढ्दो कोभिड महामारीसंगै पछिल्लो समय ४ सयभन्दा बढी पत्रकारलाई कोभिड संक्रमण भएको छ भने ४ जना पत्रकारको निधन भइसकेको छ ।