शनिबार, बैशाख ८, २०८१

महानगरले दियो कान्ति बाल अस्पताललाई पिसिआर मेसिन

काठमाडौ कार्तिक १७,
काठमाडौं महानगरपालिकाले महानगरप्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा कान्ति बाल अस्पताललाई कोभिड परीक्षण पिसिआर मेसिन उपलब्ध गराएको छ । महानगरलाइ चीनको नानजिङ शहरले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि उपलब्ध गराएको दुईथान पिसिआर मेसिन मध्ये एकथान प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई सो मेसिन आज हस्तान्तरण गरेको हो ।

त्यसअवसरमा महानगर प्रमुख शाक्यले विरामीको बढी चाप रहेका अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आएका बताउदै आज तेस्रो चरण अन्र्तगत सहयोग हस्तान्तरण गरेको बताउनुभयो। त्यस्तै उहाँले  महानगरले यसअधि पनि अस्पताललाई अक्सिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेको बताउँदै अस्पतालमा उपचाररत बालबालिकालाई राम्रो सेवा दिन आग्रह गर्दै महानगर सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो । छ । यस अघि पनि हामीले अस्पताललाई अक्सिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेका छौँ । व्लड सेपेरेसन मेसिन राख्न आवश्यक रकम अनुदान दिने योजना रहेको समेत बताउनुभयो ।

 त्यस्तै अस्पतालका निर्देशक डाक्टर पौडेलले आगामी एक साताभित्र परीक्षण मेसिनलाई प्रयोगमा ल्याउने जानकारी दिदै महानगरको तर्फबाट प्राप्त मेसिनले अव अस्पतालमै नमूना परीक्षण गर्न सकिने बताउनुभयो । कामपाले यसअघि गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ परीक्षण गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।