मङ्लबार, बैशाख ११, २०८१

मन्त्रिपरिषद्को निर्णय :कोभिड खोपसम्बन्धी कार्ययोजना स्वीकृत

खोप  नेपाल ल्याउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित ३ सदस्सीय कार्यदल गठन, अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा  रसायनिक मल कारखाना स्थापना गर्न ३  सदस्यीय समिति गठन,  कृषि मन्त्रालयको प्रस्तावमा जि टु जि मार्फत रासायनिक मल किन्न स्वीकृति

काठमाडौ कार्तिक् २७,

गत कार्तिक् २४ गते बसेको मन्त्रिपरिषदका बैठकमार्फत विभिन्न मन्त्रालयको प्रस्तावमा भएको १५ बुँदे निर्णय सार्वजनिक गर्दै । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले कोभिड १९ विरूद्धमा प्रयोग हुने खोप नेपालमा उपयोग गर्न खोपसम्बन्धी कार्ययोजना पनि स्वीकृत गरिएको मन्त्री गुरुङले बताउनुभयो ।

त्यस्तै, सरकारी स्वास्थ्य संस्थाहरुमा कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय सरकारले गरेको जानकारीदिनु भएको छ । त्यस्तै उहाँले कोभिड विरुद्धको खोपको परीक्षण सफल हुनासाथ खरिदका लागि सरकारले अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित ३ सदस्सीय कार्यदल गठन समेत गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकको विस्तृत निर्णय :

त्यस्तै बैठकले मुलुकमा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषाल सदस्य रहनेगरी रसायनिक मल कारखाना स्थापना गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारीदिनुभयो
यस्तै बैठकले मन्त्रीपरिषदका सबै सदस्यको यस वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय , कोभिड महामारीलाई हेर्दै सरकारी अस्पतालहरूलाई अनुदान उपलब्ध गराउन सरकारले तेस्रो संशोधन आदेशसमेत स्वीकृती संगै कृषि मन्त्रालयको प्रस्तावमा जि टु जि मार्फत रासायनिक मल किन्न स्वीकृति दिएको बताउनुभयो ।

त्यस्तैगरि कोभिड संक्रमणको जोखिमका कारण भारतसँग अहिले १० वटा प्रमुख नाकामा आवतजावत कायमै राखेर त्यस बाहेकका नाकामा कडाइ यथावत राख्दै सरकारले आगामी मंसिर ३० गतेसम्म सिमानाका बन्द जारी राख्ने निर्णय गरेको छ भने सरकारले नेपालमा चिया खेतीको दिगो विकासका लागि अमेरिकावाट १७ करोड ५० लाख डलर सहायता स्वीकार गने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ बैठकले स्वीकृत गरेको छ । साविक निवृत्तीभरण सेवालाई सरलीकरण बनाउन सो व्यवस्था गरिएको जानकारी दिदै मत्री गुरुङले अंगप्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान [आईओएम] का डीन प्राडा दिव्या सिंह र सदस्यहरुमा क्रमस प्राडा प्रेमराज ज्ञवाली, प्राडा पलेस्वाँ जोशी लाखे र  प्राडा शंकरमान राईलाई मनोनयन गर्ने निर्णय गरेको बताउनभयो ।