मङ्लबार, बैशाख ११, २०८१

मंसिर भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न पञ्चाङ्ग समितिको आह्वान

काठमाडौं कार्तिक २८,
नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज एक विज्ञप्ति जारी गर्दै मङ्सिर १५ गतेसम्म चन्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गर्नुभएको छ । त्यस्तै विज्ञप्तिमा मंसिर १५ गतेसम्म कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको उल्लेख गर्दै आश्विन महिनामा अधिकमास परेकाले चाडपर्व पछि सर्दा भाइटीका मंसिर १ गते परेको उल्लेख गरिएको  छ ।

त्यस्तै भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउन कुनै वधा अवरोध नभएको उल्ल्ेख गर्दै आपसी सद्भाव सहित पर्व मनाउन समेत समितिले आह्वान गरेको छ ।