बिहिबार, बैशाख १३, २०८१

भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा सर्वसाधारणले प्रवेश पाउने

काठमाडौं कार्तिक २९,

महाभूकम्पका कारण क्षति ग्रस्त रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुन निर्माण भएसंगै यसपटक भाइटीकाको दिन सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्रत्येक वर्ष आफ्ना दिदीबहिनी नहुनेहरुले भाइटिका लगाउने परम्परा ढान्दै आएको बालगोपालेश्वर मन्दिर महाभूकप पछिका वर्षमा बन्द गरिएको थियो ।
तत्कालीन मल्लराजा प्रताप मल्लको कार्यकालमा ग्रन्थकुट शैलीमा बनेको प्रस्तुत मन्दिरमा बालगोपाल, शिवलिंग र हरिशंकरी गरी तीन मूर्ति छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने गर्छ ।