शुक्रबार, चैत्र १६, २०८०

बिमितको बिमाङ्क दाबी रकम अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं कार्तिक १८ ,

अर्थमन्त्री विष्णु पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएकोछ । अर्थमन्त्री पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा आज भएको छलफलमा मन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएकोहो ।

त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, बिमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेलगायत उपस्थितीमा भएको छलफलको क्रममा सरोकारवालाहरुले बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोभिड बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन ‘पोजिटिभ’ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय समेत गरेको छ।

साथै यसको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने त्यस्तै सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन ‘हटलाइन’ टेलिफोनसहितको हेल्प डेक्सको सञ्चालन समेतको व्यवस्था गरिने भएको छ।