बुधबार, बैशाख १२, २०८१

बाल सहभागीता सम्बन्धि कार्यबिधि मस्यौदा हस्तान्तरण

काठमाडौं कार्तिक २७,
वाल अधिकारको संस्थागत विकासका लागि लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयलाइ लुम्बिनी प्रदेश बाल सहभागीता सम्बन्धि कार्यबिधि २०७७ को अन्तिम मस्यौदा सामाजिक विकास मन्त्री सुदर्शन बराललाइ हस्तान्तरण गरिएकोछ

सामाजिक विकास मन्त्रालयको नेतृत्व तथा बाल सहभागीतामा कार्यरत संस्थाहरुको साझा समुह [कन्सोर्टियम नेपाल] र सिविन नेपालको प्राविधिक सहयोगमा तयार पारिएको कार्यविधि बुझ्दै मन्त्री बरालले बालबालिकाको सहभागीतालेनै बाल बालिकाको क्षमता अभिबृद्धि हुने, उनिहरुको अवस्थाको मुल्यांकन हुने र प्रदेशमा बाल सहभागीताको अधिकारलाई स्थापित गर्ने कुरामा कुनै पनि कसर बाकी नराख्ने कुरामा पनि जोड दिदै र्काविधि कार्यान्वयनको पक्षमा मन्त्रालय सकारात्मक रहेको बताउनुभो

त्यस्तै कार्य विधि मस्यौदा हस्तान्तरण कार्यक्रममा सिविन नेपालका कार्यक्रम निर्देशक कुमार भट्टराई लगायतले मस्यौदाको उपादेयताका विशेषमा अभिमत प्रस्तुत गर्नुभएको उक्तकार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयको महाशाकाको प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, प्रदेश स्तरिय बाल क्लब संजालका प्रतिनिधिको उपस्थितिमा रहेको थियो कार्यक्रमको सहजीकरण कन्सोर्टियम नेपालको अध्यक्ष किरण थापाले गर्नु भएको थियो ।