बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री ओलीले नेता नेपाल सहित ४ जना नेतालाइ बालुवाटार वोलाएर के भने  ?

काठमाडौं कार्तिक २३ ,
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भित्र मौलाएको पछिल्लो विवादसंगै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष प्रचण्डसंग घुलमिल रहेको पूर्व प्रम माधवकुमार नेपाल लाइ आज  बालुवाटार वोलाउदै भेटवार्ता गरेका छन्।

ओलीले आज वालुवाटरामा पूर्व प्रम नेपालसहित पूर्वएमालेका ४ जना नेता क्रमस स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग सँग छलफल गर्दै पार्टीमा यो वा त्यो कोणबाट मौलाउदै आएको विवाद र कार्यकारी भनिएको अर्का अध्यक्ष प्रचण्डको नियोजित खेलका विषमा जानकार रहन भनेको स्रोतको दावी रहेको छ ।

यसअद्धि शािवार नेकपामा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई लिखित पत्र दिएसंगै सचिवालय सदस्यहरूबाट आएको मागपछि उत्पन्न परिस्थितिमा अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका नेता भेटेको स्रोतको भनाइ रहेको छ । त्यस्तै स्रोतले नेता नेपाललाइ प्रम ओलीले शािवार बैठकका लागि निवेदन दर्ता भएको भोलीपल्र्टै कलै छलफलको लागि वोलाउनुको लक्ष्य भनेको प्रचण्डलाइ एक्ल्याउनु रहेको बताएका छन ।

स्मरण रहोस सत्तारुढदल भित्र मौलाएको विवाद र आफुलाइ हटाउन अनेकन तिकडम गरेको भन्दै प्रम ओली अध्यक्ष प्रचण्ड र उनि निकट नेतासंग त्यस्तै अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने अध्यक्ष ओलीको  कार्यशैली प्रति असन्तुष्टि जनाउँदै आएका छन्।