शुक्रबार, चैत्र १६, २०८०

पूर्वसभामुख महराकी पत्नी सीताको कोभिड संक्रमणकै कारण निधन

काठमाडौं कार्तिक ९,
पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। गत  कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएकी उनको बुधबार बिहान निधन भएको  बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सामाजिक सञ्चालमा स्टाटस लेखि महराका श्रीमतीको निधन भएको पुष्टि गरेका हुन् ।

दसैंको सयमा पुख्र्यौंली घर रोल्पा गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पताल भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। कात्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

नर्भिकमा पिसीआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको थियो। त्यसो त उनि विगत एक दशक देखि माइस्थेनिया नामक रोगबाट पीडित बन्दै  आएकी थिइन ।