शनिबार, बैशाख ८, २०८१

पार्टी भित्र सिर्जित विवाद सम्बोधनार्थ कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं कार्तिक १७ ,

पछिल्लो समय नेपाली काँग्रेस भित्र यो वा त्यो कोणबाट सिर्जित विवाद संगै महाधिवेशन कार्यतालिका लगायतका विषयगत एजेन्दाको सम्बोधनार्थ शीर्ष नेताहरुको आज पार्टी कार्यालय सानेपा ललितपुरमा बैठक बस्दैछ ।

सम्वद्ध स्रोतका अनुसार कांग्रेसले आजको बैठकबाट विजयकुमार गच्छदासँगको पार्टी एकता गर्दा भए,गरेको सहमतिको कार्यान्वयन  संगै सरकारविरुद्धको आन्दोलन, संसदको विशेष अधिवेशन मागलगायतका विषयमा ससमेत छलफल गर्ने तयारी गरेको जनाएको छ ।

त्यस्तै  बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी १४औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्र र यसवीचमा भएको विभाग गठन क्रियाशील सदस्यता वितरण, केन्द्रीय सदस्य मनोनित , भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा पनि छलफल हुने बताईएकोछ ।

साथै काँग्रेसले पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक भने यही कात्तिक २१ गते बोलाएको छ ।