बिहिबार, बैशाख १३, २०८१

पर्वको नाममा जुवातास खेल्ने र खेलाउने र पटका पड्काउने,जस्ता गैरकानुनी र कार्य रोक्न गृहको निर्देशन

काठमाडौं कार्तिक २५,
गृह मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशका सबै जिल्लाहरुमा बढ्दो कोभिडको संक्रमणका कारण आसन्न बडा दशैँ पछिको दास्रो ठूलो पर्व तिहार, छठको क्रममा अनावश्यक हुल हुज्जत संगै पटका पड्काउने, भुइचम्पा बाल्ने , जुवातास खेल्न कार्य गरेको पाइएमा तत्काल कारवाही गर्न मातहतका निकायलाइ निर्देशन दिएको छ ।

मन्त्रालयले उपत्यकाका तीनओटा जिल्लाका जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा स्वास्थ्यकर्मीलाई चाडपर्वमा सुरक्षा सर्तकर्ता अपनाउन र चाडपर्व पनि मनाउने क्रममा र कोभिडको जोखिम समेत बढ्न नदिन काम थाल्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गर्नुभएको विज्ञप्तिमा कोभिडको जोखिमबाट कसरी बच्ने र आम नागरिकहरुलाई जोगाउन सकिन्छ भनेर सुरक्षा योजना बनाउन प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी तथा सुरक्षा निकायलाई निर्देशन समेत दिएको जनाउदै जुवातास, पटका र भुइचम्पाले असर पार्ने भएकाले त्यस्तो कार्य रोक्न निर्देशन जारी भइसकेको उललेख गरिएको छ ।

साथै विज्ञप्तिमा चाडपर्वको मौका छोप्दै हुन सक्ने कालाबजारी, कृतिम अभाव लाइ रोक्दै खाधान्नको सहज आपुर्तिका लागि अनुमगन टोलीको नियमन लाइ समेत प्राथमिमकता दिन निर्देशन दिईएको उल्लेख गरिएको छ।

त्यस्तै कोभिडको अत्याधिक जोखिम भएकाले देउसी र भैलो खेल्न पाउने नपाउने नियमको कार्यान्वयन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने उल्लेख गर्दै अनावश्यक रुपमा घरबाट वाहिर निस्कने काम नगर्न जहाँ छौं त्यहि बसेर सुरक्षित रुपमा पर्व मनाउन आग्रह गर्दै प्रज्वनशिल पर्दाथको विक्री वितरण नगर्न पटका पड्काउने, भुइचम्पा बाल्ने , जुवातास खेल्ने र खेलाउने जस्ता कार्य गैरकानुनी र अवान्छित कार्य नगर्न भनेको छ ।