शुक्रबार, बैशाख ७, २०८१

पराजित मानसिकता प्रदर्शन गर्दै ट्रम्पले भने-डेमोक्रेटहरुले चुनावमा धाँधली गर्यो ,न्यायको लागि अदालत जान्छु

समाचार एजेन्सी/ कार्तिक २१,
अमेरिकी राष्ट्रपति निर्वाचान अन्र्तगत राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा आफुवैध मतका आधारमा विजयी भए पनि डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको आरोप लगाउँदै न्यायको लागि आफु सर्वोच्च अदालत जाने अदालतको निर्णय अनुसार आफू विजयी हुने बताएका छन् ।

त्यस्तै ट्रम्पले सम्बोधनको क्रममा हुलाक मार्फत गरिएका मतदान अवैध रहेको बताउर्दै आफ्नो अग्रता कम हुँदै गएका जर्जिया तथा पेन्सिलभेनियामा मतगणना रोक्न पर्ने माग गर्दै पराजित मानसिकता प्रदर्शन गरेका छन ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् । अहिलेसम्म बाइडेनको पक्षमा २६४ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको समाचार एजेन्सीहरुले जनाएको छ ।