शुक्रबार, चैत्र १६, २०८०

नेस ११४१ को शुभकामना साट्दै नेवार समुदायले आज म्हः पूजा गर्दै

काठमाडौं मंसिर १,

नेवार समुदायले आज म्हः पूजा गर्दैछन् । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा अनुरुप नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हः पूजा गर्ने प्रचलन छ ।

यस वर्ष भने तिथी घटबढ भएकाले नेपाल संवतको नयाँ वर्षको एक दिन अघि नै म्ह पूजा परेकाले कतिपयले आइतवार नै म्ह पूजा गरेका छन ।

पूजाको क्रममा मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बसेर पूजा गर्ने परम्परा रहेको छ ।

यसैवीच कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल सम्वत ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोभिड महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋणमोचन गरी नेसंको सुरुवात गरेका थिए ।

, नेपाल संवत देशको नामबाट राखिएकाले यो मौलिक संवत् मानिन्छ । २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।