शुक्रबार, बैशाख ७, २०८१

नेपाल संवत कुनै जाति विशेषको नभइ सिङो नेपालको मौलिक संवत हो: वक्ताहरु

काठमाडौं मंसिर २,
विगत ३ वर्ष देखि निरन्तर नेपालको मौलिक संवत  नेपाल सम्बत ११४१ को शुभारम्भमको अवसरमा आयोजना हुँदै आएको भिन्तुना अर्थात शुभकामना आदान प्रदानको कार्यक्रमलाइ कोटेश्वरस्थित लक्ष्मी नारायण मन्दिर संस्थाले कोभिड बढ्दो जोखिमकावीच पनि आवश्यक सर्तकता सहित निरन्तरता दिएको छ।

सामाजीक कार्यक्रमका संयोजक समेत रहेका स्थानीय सामाजीक अभियन्ता मनोज शाहले विगतका वर्षमा जस्तो र्याली सहित भव्य र सव्य कार्यक्रमको आयोजना गर्न नसकिएपनि आयोजक तथा सहआयोजक संगै शुभचिन्तक संस्थाकावीच   शुभकामना आदान प्रदान सहित   सम्मान पत्र दिदै विगतको परम्परालाइ निरन्तरता दिएको बताए ।

त्यस्तै संयोजक शाहले बाग्मती प्रदेशका सभामुख  सानुकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुसासन समितिका सभापति शशी श्रेष्ठ, जिल्ला सम्न्वय समितिका उपसभापति सरिता दाहाल, पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव श्रीजन झा लगायतलाइ आम्नत्रण गर्दै छोटो मिठो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा आमन्त्रित विशिष्ठ वक्ताहरुले नेपाल संवत कुनै जातिको एकल संवतको रुपमा नभइ सिङो नेपालको मौलिक संवत भएको बताउदै नेपाल संवतको विषयमा व्याप्त अनेकन भ्रम चिर्नु आजको आवश्यकता भएकेमा जोड दिनुभएको जानकारी दिनुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031