शुक्रबार, बैशाख ७, २०८१

नेकपाको विवाद थप उत्कर्षमा, प्रचण्डले भने- वार्ताका लागि वालुवाटार धाउनुको औचित्य सकियो

आफूविरुद्ध हुँदै आएको सवै षडयन्त्र तुहाउने प्रम ओलीको चेतावनी

काठमाडौं कार्तिक २०,
सत्तारूढदल अध्यक्षद्दय केपी ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ बीच बिहीबार दिउँसो बालुवाटारमा भएको छलफल बिना निष्कर्ष टुङ्गिएसंगै नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।  आज अध्यक्षद्दयवीच करिव २ घण्टा चलेको छलफलमा प्रचण्डले ओलीलाइ पार्टीभित्र गम्भीर संकट आएकोले तत्काल सचिवालय हुँदै स्थायी कमिटीदेखि केन्द्रीय कमिटीको बैठक राख्न प्रस्ताव राख्दैगर्दा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाएको हो ।

छलफल निष्कर्षविहिन भएसंगै वालुवाटाबाट वाहिरिएका अध्यक्ष प्रचण्डले आफु निकटका नेतालाई प्रधानमन्त्रीसँग वार्ताका लागि धाउनुको औचित्य नभएको बताउँदै वार्ता र सहमतिको पहल गर्नु निरर्थक भएको बताएका छन ।

यसैवीच प्रचण्डको प्रस्तुत अभिव्यक्ति एक किसिमले भाइरलभएसंगै प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यत्तिको प्रतिउत्तर दिदै कोटेश्वरमा बसेर  प्रचण्ड र माधव नेपालले आफूविरुद्ध लामो समय यतादेखि हुँदै आएको अनेकन षडयन्त्रलाइ असफल बनाउनुनै आफ्नो लक्ष्य रहेको आशय सहित प्रचण्डले बुनेका सवै षडयन्त्र विफल बनाउने बताउदै आजै बसेको मन्त्रीपरिषद बैठकमा समेत प्रम ओलीले कुनै हालतमा राजीनामा नदिने र राजीनामा दिन बाध्य पार्ने जुनसूकै योजना पनि तुहाउने चेतावनी समेत दिएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031