बिहिबार, चैत्र १५, २०८०

धैर्यलाइ कमजोरीका रूपमा नबुझ्न चेतावनी दिदै प्रचण्डले कार्तिक २७ मा वोलायो सचिवालय बैठक

काठमाडौ कार्तिक २५,
सत्तारुढदल नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठक बिहीबार बस्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष प्रनण्डको नेतृत्वमा बसेको बैठकले दुई दिनपछि बैठक बोलाउने निर्णय गरेको हो । दुई दिन अर्का अध्यक्ष केपी ओलीलाई कुर्ने र त्यसपछि बिहीबार सचिवालय बैठक बस्ने निर्णय बहुमत सदस्यहरुको बैठकले निर्णय गरेको हो ।

बहुमत सचिवालय सदस्यले बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेका छन । बहुमत सदस्यहरुले आफूहरू पार्टी एकताको पक्षमा संवेदनशील रहेकैले बैठकका लागि धेर्य गरिरहेको बताएका छन । आफूहरूको धेर्यलाई कमजोरीका रूपमा नबुझ्न उनीहरुले अध्यक्ष ओलीलाई चेतावनी दिएका छन ।

सचिवालय बैठक राख्ने पक्षमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु एक कित्तामा रहेका छन ।  त्यस्तै बैठकअघि प्रचण्डले वालुवाटार पुगेर प्रधानमन्त्री एबं पार्टी अध्यक्ष केपी ओलीसँग समेत छलफल गरेका थिए । छलफलको क्रममा कार्तिक २७ मा बैठक बस्ने प्रसंगमा छलफल चलेपनि प्रचण्डको प्रस्तावमा प्रम ओलीले विमति जनाएसंगै प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दै आज बहुमत सदस्यसँग गरेको छलफलको निष्कर्ष अनुरुप बैठक वोलाएको हो ।
यसअघि बहुमत सचिवालय सदस्यले सहमतिका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दुई दिनभित्र बैठक बोलाउन लिखित पत्र बुझाएका थिए ।