बिहिबार, बैशाख १३, २०८१

धरौटी राख्नुपर्ने सूचनाको चौतर्फी आलोचनापछि मन्त्रालयले दियो यस्तो निर्देशन

मृतक संख्याबारे जाँच गर्न समिति गठन

काठमाडौ कार्तिक १६,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमित विरामीको उपचार गर्न आएका बिरामीसंग धरौटी नलिन सूचिकृत सबै अस्पतालहरुलाई निर्देशन दिनुको अलावा उपचार खर्च व्यहोर्न सक्नेसंग लिन र नसक्नेसंग नलिन समेत अस्पतालहरुलाई निर्देशन दिइएको जनाएको छ ।

त्यस्तै मन्त्रालयको तर्फबाट जारी निर्देशनमा संक्रमितको उपचारका लागि धरौटी राख्नु पर्ने आशयको सूचना निकाल्ने सबै अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको समेत जनाएको छ ।

स्मरण रहोस निजामति कर्मचारी अस्पताल, शहीद शुक्रराज अस्पताल टेकु, धुलिखेल अस्पताल सहित विभिन्न सरकारी निजी तथा सामुदायिक अस्पतालले रकम धरौटी राख्नुपर्ने सहितको सूचना जारी गरेसंगै आम सर्वसाधारण आक्रोशित बनेका थिए । सामाजिक सञ्जालमा अस्पतालहरुले गरेका निर्णयको तिव्र आलोचना भएपछि मन्त्रालयको तर्फबाट यस किसिमको अभिव्यक्ति आएको हो ।

यसैवीच मन्त्रालयले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको विवरण फरक पर्न आएकोले सत्य तथ्य पत्ता लगाउन मन्त्रालयका सहसचिब सम्मिलित ३ सदस्यीय समिति गठन गरेको समेत जनाएको छ।