शुक्रबार, चैत्र १६, २०८०

खुलामञ्चमा निःशुल्क भोजन सेवाको निरन्तरता, महानगरले भन्यो- सहमति तोड्नु राम्रो होइन

काठमाडौं मंसिर २,
काठमाडौं महानगरले खुलामञ्च लगातका सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालनमा रोक लगाएको छ ।  यसअघि निःशुल्क भोजन सेवा सञ्चालन अभियन्ता र काठमाडौं महानगरवीच भएको सहमति अनुरुप आजबाट खुलामञ्च लगातका सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालन नगर्ने उल्लेख गरिएको छ ।

बढ्दो कोभिड संक्रमण संगै सिर्जित थप स्वास्थ्य चुनौती कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने त्यस्तै असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको महानगरले जनाएको छ । साथै महानगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका तर श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने बुँदा गत व्यवस्था समेत सहमतिमा उल्लेख गरिएको थियो ।

तर मानिसहरु खाना खान लामबद्ध भएर बसेको र तत्कालल खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफुहरु बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।
साथै पन्तले भने महानगरसंग भएको सहमति भएपनि स्वास्थ्य मापदण्डको पालना गरी खाना खुवाउने काम भएको बताए । तर महानगरका जिम्मेवार अधिकारी ले भने सहमति तोड्नु राम्रो नभएको प्रतिक्रिया दिदै आज पनि तिहार बाँकी रहेका कारण खासै थप प्रतिक्रिया नभएको बताए ।
त्यस्तै खाना खान आउने मानिसहरु भने खुला मञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले की काम देउ होइन भने खान देउ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् ।