बुधबार, बैशाख १२, २०८१

कोभिड संक्रमित पत्रकार केसीलाइ विमा वापतको रू एक लाख रुपैया हस्तान्तरण

काठमाडौं मंसिर ८,
मिसन मिडिया क्लवले आज एक सामान्य कार्यक्रमकावीच पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार संजय केसीलाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका कल्वका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा पत्रकार केसीलाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम रू १ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

त्यसअवसरमा महासंघ काठमाडौँ शाखाका उपाध्यक्ष सूर्य सुवेदी ,ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की,  कान्तिपुर हटलाइनका फोटो पत्रकारद्दयको उपस्थित रहेको थियो ।

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरिसकेको छ । बाँकी एकदर्जन पत्रकारको विमा रकम प्राप्तिको अन्तिम चरणगत प्रक्रिया बाँकी रहेको महासचिव झाले जानकारी दिनुभएको छ ।

कोभिड संक्रमित पत्रकार थापालाइ विमा वापतको रू एक लाख रुपैया हस्तान्तरण