शनिबार, बैशाख ८, २०८१

कोभिड संक्रमणका कारण वरिष्ठ मुटुरोग विशेषज्ञ डा झाको निधन

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो

काठमाडौं मंसिर १ ,
कोभिड १९संक्रमणबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा।सुनिल झाको निधन भएको छ। चिकित्साशास्त्र अध्ययन संस्थानमा कार्यरत प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा।झाको सोमबार निधन भएको हो

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा।झालाई ३ हप्तादेखि त्रिवि शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर, सबै प्रकारका विधिको प्रयोगबाट उपचारको प्रयास गरे पनि सोमबार झाको मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

मधुमेह र पार्किन्सन्सकोसमेत समस्या भएका डा।झालाई सुरुमा नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पताल रेफर गरिएको थियो । रेमडिसिभिर, प्लाज्माथेरापीलगायतका विधिबाट उपचार गरिएको थियो ।

यसैवीच स्वास्थ्य मन्त्रालय लगायतले डा झाको निधनप्रति समवेदना प्रकट गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारी जारी गर्नु भएको शोक विज्ञप्तिमा डा झाको निधनले देशलाइ अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ।