शुक्रबार, चैत्र १६, २०८०

कोभिड कहरका कारण रोकिएको कक्षा १२को परीक्षा आजबाट शुरु

काठमाडौं मंसिर ९,
आजबाट कक्षा १२ को परीक्षा शुरु भएको छ । कोभिड कहरका कारण रोकिएको परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै गरेको राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ ।

त्यस्तै देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको जनाउदै बोर्डले स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर परीक्षामा सहभागी हुन सकिने जनाएको छ । त्यस्तै यसवीचमा कोभिड संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने तयारी समेत मन्त्रालयले गरेको  छ ।

साथै यसपटकको परीक्षामा आफू रहेको स्थान नजिकको परीक्षा केन्द्रबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने जनाउदै वोर्डले  बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने व्यवस्था गरिएको जनाएको छ ।