बिहिबार, चैत्र १५, २०८०

काठमाडौं उपत्यकामा थप ९७३ सहित देशभर थप १९१३ मा कोभिड संक्रमण पुष्टि, १५को मृत्यु

काठमाडौं कार्तिक २७,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षणको क्रममा थप १ हजार ९१३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको सख्या २ लाख ४ हजार २ सय ४२ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज २ हजार ३४९ जना कोभिड संक्रमित सङ्क्रमण मुक्त भएको जनाउदै मन्त्रालयले योसंगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६४ हजार ५९२ पुगेको जनाएको छ ।

त्यस्तै आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप ९७३ जनामा संक्रमण देखिएको छ । यसमध्ये काठमाडौमा ७६४ जना, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना रहेको मन्त्रालले जनाएको छ ।

साथै संक्रमणका कारण थप १५ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार १८९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय सङ्क्रमितको सङख्या ३८ हजार ४६१ रहेको थाहा भएकोछ ।