शुक्रबार, बैशाख ७, २०८१

काठमाडौंमा मात्र १५ हजार २ सय ३७ सक्रिय कोभिड संक्रमित

थप १४ सय ७७ जनामा कोभिड संक्रमण पुष्टि , ६को मृत्यु

काठमाडौं कार्तिक ३०,

पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ४ सय ७६ वटा स्वाव नमुना परीक्षणको क्रममा थप १४ सय ७७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ । त्यस्तै आज पहिचान भएको संक्रमित मध्ये काठमाडौं उपत्यकामा ८ सय ७ जना संक्रमित रहेका छन ।  जसअनुसार ६ सय ३२ काठमाडौं, १ सय ३३ ललितपुर र ४२ जना भक्तपुरका रहेका छन ।

त्यस्तै देशभरका कुल सक्रिय संक्रमित ३५ हजार १ सय २५ मध्ये काठमाडौंमा १५ हजार २ सय ३७, भक्तपुरमा १ हजार २ सय ५२ र ललितपुरमा २ हजार ३ सय १५ जना रहेको जनाएको छ

यसैगरी पछिल्लो २४ घन्टामा २ हजार ७ सय ९८ जना डिस्चार्ज भएसंगै हालसम्म कोभिडमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४ सय ३० जना पुगेको छ  भने थप ६ जनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २१ पुगेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031