बुधबार, बैशाख १२, २०८१

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं कार्तिक २८,
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस भित्र मौलाएको शिर्ष नेतृत्व आन्तरिक विवादका कारण यसअघि मिति तोक्दै चारपटक स्थगित भैसकेको कांग्रेस केन्द्रीय समिति बैठक लामो समयपछि आज बस्दैछ ।

महाधिवेशनको नयाँ मिति तोक्न कांग्रेस बैठक बस्न लागेको हो । कोभिड संक्रमणको बढ्दो प्रभाव संगै आसन्न फागुन महिनामा सम्पन्न गर्ने मिति रेखा सहित तोकिएको १४ औं महाधिवेशन हुने सम्भावना नदेखिएपछि नयाँ मिति तोक्ने तयारी कांग्रेसले गरेको हो ।हो यहि तयारीलाइ मुर्तता दिन आज केन्द्रीय समितिको बैठक बस्न लागेकोहो ।

त्यस्तै आजको बैठकले पछिल्लो समय कोभिड संक्रमण नियन्त्रणमा सरकाले प्रदर्शन गर्दै आएको उदासिनता संगै सरकार आन्दोलनका कार्यक्रमको प्रारुप बनाउनुको अलावा संसद अधिवेशन आब्हानका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि गर्ने बताइएको छ ।

विभाग, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायतमा पार्टीभित्रका विवादका विषयमा पनि छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।